Loading...

Category: others

Post image
अर्थतन्त्र

११ महिनामा वाणिज्य बैंकले कमाए ५३ अर्ब ९७ करोड नाफा, सबैभन्दा बढी नाफा नबिलको


चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले कुल ५३ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छन्। राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म यो नाफा ४७ अर्ब ७९ करोड थियो भने एक महिनामा ६ अर्ब १७ करोडले बढेको हो।

सबैभन्दा बढी नाफा नबिल बैंकले ६ अर्ब ४० करोड कमाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंक ६ अर्ब ३ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५ अर्ब ६८ करोड रुपैयाँ नाफासहित छन्।

त्यसैगरी, एभरेष्ट बैंक ४ अर्ब २४ करोड, नेपाल बैंक ३ अर्ब ७ करोड, एनएमबी बैंक ३ अर्ब ३ करोड नाफामा छन्। सबैभन्दा कम नाफा कुमारी बैंकको मात्र ३७ करोड १० लाख रहेको छ।


२०८२ असार २९ गते

Post image
अन्य

अब ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई अनलाइनबाटै कक्षा लिइँदै


अब ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले अनलाइनबाटै सचेतना कक्षा लिन सक्ने व्यवस्था गरिएको छ। यसअघि भौतिक रूपमा सञ्चालन हुँदै आएको कक्षा अब ‘नागरिक एप’मार्फत अनलाइन हुने उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले बताए। मादक पदार्थ सेवन, रातो बत्ती उल्लङ्घन, ओभर स्पिड र लेन क्रस गर्नेहरूलाई यो सुविधा लागू हुनेछ। गृह मन्त्रालयले औपचारिक रूपमा शुभारम्भ गर्ने तयारी गरेको छ। कोरोना संक्रमणको समयमा परीक्षणका रूपमा सञ्चालन गरिएको यो अनलाइन कक्षा अब स्थायी रूपमा लागू गरिने भएको हो। यसले चालकहरूलाई सजिलो र छिटो सचेतना कक्षा लिन सहयोग पुर्‍याउनेछ।


२०८२ असार २९ गते

Post image
अन्य

लघुवित्तलाई आधार दरको आधारमा कर्जाको ब्याजदर निर्धारण गर्न निर्देशन


नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई आगामी साउन १ गतेदेखि कर्जाको ब्याजदर आधार दरको आधारमा निर्धारण गर्न निर्देशन दिएको छ। नयाँ नियमअनुसार, लघुवित्तहरूले आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत प्रिमियम थप्न सक्नेछन्। साथै, वाणिज्य बैंकहरूको मासिक औसत आधार दरमा ९ प्रतिशत थप्दा हुने दरभन्दा बढी ब्याजदर तोक्न नपाउनेछ। लघुवित्तहरूले मासिकरूपमा आधार दर गणना गरी १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ। साथै, कर्जा सम्झौतामा २ प्रतिशतभन्दा बढी पेनाल्टी ब्याजदर नहुने उल्लेख गर्नुपर्नेछ।


२०८२ असार २७ गते

Post image
अन्य

बोटलर्स नेपालको सीइओमा अजय कोनाले नियुक्त, को हुन् ?


कोकाकोला उत्पादक बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (तराई) को व्यवस्थापकीय नेतृत्व अब अजय चान्बासप्पा कोनालेले सम्हाल्ने भएका छन्। कम्पनीको सञ्चालक समितिले बुधबारको बैठकमा उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयबारे कम्पनीले बिहीबार नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ।यसअघि, २०७९ फागुनमा दीपक सेन्थिलनाथ गुणलानलाई सीईओको पदमा ल्याइएको थियो, तर हाल सञ्चालक समितिले उनलाई हटाएर कोनालेलाई नेतृत्वमा ल्याएको हो। अजय चान्बासप्पा कोनाले महाराष्ट्र इन्स्टिट्युट अफ टेक्नोलोजीबाट इन्जिनियरिङमा स्नातक गरेका छन् भने पुणेको सिम्बायोसिस इन्टरनेशनल युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन्। सन् २००७ मा उनी कोकाकोला इन्डिया कम्पनीमा केल्भिन केयरबाट जोडिएका थिए।


२०८२ असार २६ गते

Post image
अर्थतन्त्र

राष्ट्र बैंकको सञ्चालक समिति बैठक आज साँझ ५ बजे बस्दै, एजेन्डा गोप्य


नेपाल राष्ट्र बैंकले आज साँझ ५ बजे सञ्चालक समिति बैठक बोलाएको छ, तर बैठकको स्पष्ट एजेन्डा सार्वजनिक गरिएको छैन। गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको अन्तिम तयारी स्वरूप बुधबार र बिहीबार बेलुका पनि बैठक बस्ने मौखिक सूचना दिएका छन्। आर्थिक अनुसन्धान विभागद्वारा तयार पारिएको मौद्रिक नीतिको मस्यौदामा गभर्नरले मंगलबारदेखि व्यवस्थापन समितिसँग छलफल गरिरहेका छन्, जुन छलफल टुंग्याएर आजै नीति स्वीकृत गराउने तयारी छ। कानुनअनुसार आर्थिक वर्ष सकिएको १५ दिनभित्र नीति ल्याउनुपर्ने भए पनि यसपटक तीन साता अघिनै सार्वजनिक गरिने तयारी छ।


२०८२ असार २६ गते

विज्ञापन
Post image
अन्य

लगातार दोस्रो वर्ष ग्लोबल आइएमई बैंकले पायो “बेष्ट बैंक अवार्ड”


ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय ग्लोबल फाइनान्स म्यागाजिनबाट २०२५ को 'बेष्ट बैंक अवार्ड' जित्न सफल भएको छ। लगातार दोस्रो वर्ष यो अवार्ड जित्दै, बैंकले विश्वसनीयता, वित्तीय श्रोत परिचालन, सेवा पहुँच र ग्राहककेन्द्रित सेवामा उत्कृष्टता प्रमाणित गरेको हो। ग्लोबल आइएमई यो अवार्ड जित्ने पहिलो नेपाली बैंक बनेको छ। बैंकले ७७ वटै जिल्लामा ३५२ शाखा र ३८५ एटिएममार्फत सेवा दिँदै आएको छ। यसअघि बैंक अफ द इयर २०१४, बेस्ट बैंक नेपाल २०२४–२५ लगायत विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ।


२०८२ असार २६ गते

Post image
अन्य

सीएनआईको अध्यक्षमा पाण्डे, वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी नियुक्त


नेपाल उद्योग परिसंघ (सीएनआई) को अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन्। उनी परिसंघको २२औं साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका हुन्। पाण्डे यसअघि परिसंघका वरिष्ठ उपाध्यक्ष थिए र परिसंघको नियमअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ। हाल वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन्, जसलाई परिसंघको गभर्निङ काउन्सिलले चयन गरेको हो। यसअघि वरिष्ठ उपाध्यक्ष एक वर्षपछि चयन गर्ने परम्परालाई निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले हटाएका थिए। त्यसैगरी, परिसंघका उपाध्यक्षमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी चयन भएका छन्। स्थायी आमन्त्रित सदस्यको रूपमा सन्दिप शारडा, विदुषी राणा र प्राची अग्रवाल मनोनित भएका छन्।


२०८२ असार २६ गते

Post image
अन्य

विनाशकारी बाढीले कुन कुन जलविद्युत् आयोजनामा पुर्‍यायो ठुलो क्षति ?


तिब्बतबाट आएको बाढीले भोटेकोशी नदी हुँदै नेपालका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। इप्पानका अनुसार ६०० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएका छन्। २५० मेगावाट बराबरका उत्पादन रोकिएका छन् भने ३५० मेगावाटभन्दा बढी निर्माणाधीन आयोजना ठप्प छन्। रसुवागढी, त्रिशूली ३ ‘ए’, चिलिमे, माथिल्लो मैलुङ लगायतका आयोजनामा उत्पादन बन्द भएको छ। प्रसारण लाइन तथा सबस्टेसनहरूमा क्षति पुगेको छ। इप्पानले उद्धारमा संलग्न निकायलाई धन्यवाद दिँदै पुनर्निर्माणमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ। साथै, मृतकप्रति श्रद्धाञ्जली अर्पण र भविष्यमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न माग गरेको छ।


२०८२ असार २६ गते

Post image
अन्य

बालेनको आदेश उल्ट्याउँदै अदालतले भन्यो, “भ्यू टावरको निर्माण कार्य रोक्न मिल्दैन्”


उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई भ्यू टावरको निर्माण रोक्न नपर्ने अन्तरिम आदेश दिएको छ। सोमबार न्यायाधीश प्रकाश खरेलको इजलासबाट जारी आदेशमा निर्माण कार्य वैध रूपमा अगाडि बढिरहेको भन्दै रोक्का नगर्न भनिएको हो। मेयर बालेन्द्र शाहको निर्देशनमा माघ ९ गते रोकिएको काम पुनः अघि बढ्ने भएको छ। निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले अदालतमा रिट दायर गरेपछि यो आदेश आएको हो। कम्पनीले १२ तलेको अनुमति लिएर पछि १९ तले नक्सा स्वीकृति पाएको र सबै प्रक्रिया पूरा गरेको जनाएको छ। अब कम्पनीलाई टावर निर्माण जारी राख्न कानुनी बाटो खुलेको छ।


२०८२ असार २६ गते

Post image
अन्य

भारतको राजधानी दिल्लीमा भूकम्पको झट्का महसुस


भारतको राजधानी दिल्ली र वरपरको एनसीआर क्षेत्रमा आज बिहीबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (NCS) का अनुसार बिहान ठीक ९:०४ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु हरियाणाको झज्जर रहेको र यसको गहिराइ जमिनको सतहदेखि करिब १० किलोमिटर मुनि मापन गरिएको छ। झट्का करिब ४ देखि ५ सेकेन्डसम्म कायम रहेको बताइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्ली–एनसीआर भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्छ र यो भूकम्पीय क्षेत्र ४ मा वर्गीकृत छ। यस क्षेत्रमा भूकम्पीय गतिविधि उच्च हुने मानिन्छ। हालसम्म कुनै पनि प्रकारको जनधनको क्षति नभएको दिल्ली प्रहरीले जनाएको छ।


२०८२ असार २६ गते

विज्ञापन